Logo
७ आश्विन २०८१, सोमबार
(July 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी मोर्चाको टुंगियो झण्डा : रातो पृष्ठभूमिको बीचमा सेतो रङको हातको मुट्ठी

चार दलीय समाजवादी मोर्चाले झण्डाको टुंगो लगाएको छ । मोर्चाको हालै सम्पन्न बैठकले कार्यविधि तय गर्दै झण्डा र लोगोबारे टुंगो लगाएको हो ।

मोर्चाका एक नेताका अनुसार झण्डा आयातकारमा ३/२ को अनुपातमा लम्बाई र चौडाई रहेको रातो पृष्ठभूमिको बीचमा सेतो रङ्गको हातको मुट्ठी हुने तय भएको छ । झण्डामा रहेको रातो रङ्गले क्रान्ति, परिवर्तन र समाजवाद तथा हातको मुट्ठीले चेतना, सङ्घर्ष र एकतालाई जनाउने बताइएको छ ।

यस्तै मोर्चाको छापमाथि देवनागरीमा समाजवादी मोर्चा नेपाल र तल अङ्ग्रेजीमा सोसलिस्ट फ्रन्ट नेपाल लेखिएको अक्षरको गोलाकारभित्र सेतो पृष्ठभूमिमा सुनौला रङ्गको मुट्ठी र त्यसको मुनी नेपाली र अङ्ग्रेजीमा २०८०, सन् २०२३ लेखिएको हुने छ ।

प्रकाशित मिति: Jul 25, 2023

प्रतिक्रिया दिनुहोस्