Logo
७ आश्विन २०८१, सोमबार
(July 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खाणलाई सके सहयोग गरौं, नसके दुःख नदिऔं : महेन्द्र यादव

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय सदस्य बालकृष्ण खाणलाई राज्यले फसाएको बताएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा यादवले भने, ‘हाम्रो आदरणीय नेता बालकृष्ण खाणजीलाई राज्यले फसाएको छ। उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ ।’

उनले खाणमाथि ठगीमा मात्र नभई राजद्रोहको मुद्दा लगाइएको पनि बताए। ‘उहाँको नाम कसैले पोलेको थिएन। प्रमाण पनि थिएन। ठगी मात्र होइन राजद्रोहकै मुद्दा लगाइएको छ,’ उनले भने, ‘ठगीमा राजद्रोहको मुद्दा लगाउने हो भने दिनमै १०–२० मुद्दा लगाउन मिल्छ ।’

उनले खाणमाथि अहिले अभियोग मात्र लागेको बताए । पूर्वगृहमन्त्री खाण नक्कली भुटानी शरणार्थी मुद्दामा कारागारमा छन् । ‘उहाँको मुद्दा अन्तिम नभएसम्म केही नगरौं। उहाँले धेरै दुःख गर्नुभएको छ। सके सहयोग गरौं नसके दुःख नदिऔं,’ उनले भने, ‘मलाई विश्वास छ उहाँ निर्दोष भई आउनुहुनेछ।’

कुनै अभियाग लागेको मान्छे अन्तिमा निर्णय नभएसम्म कसुरदार नहुने यादवले बताए । ‘संविधानको धारा २० मा भनेको छ । कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन,’ उनले भने, ‘यो हामीले बनाएको संविधान हो । अन्तिमा निर्णय नभएसम्म उहाँ कसुरदार हो भनेर हामीले बाहिर बोलिदिनु भएन । उहाँ हाम्रै परिवारको साथी हो ।’

यस्तै उनले केन्द्रीय सदस्यलाई बाहिर राखेर जिल्ला सभापतिको बैठक राख्दा राम्रो सन्देश नगएको बताए ।

प्रकाशित मिति: Jul 23, 2023

प्रतिक्रिया दिनुहोस्