Logo
४ माघ २०८१, शुक्रबार
(July 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले सत्तामा गएर भ्रष्टाचार गर्दैन : अर्थमन्त्री महत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने कुरा अहिले छलफलको विषय हुन नसक्ने बताएका छन्। आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा भने, ‘सत्तामा नहुँदा निराश हुने र सत्तामा हुँदा किन बसेको भन्ने मानसिकतामा नजाऔं । आगामी निर्वाचनमा एक्लै जाने नजाने बहस र छलफलतर्फ जानुभन्दा हामी बलियो हुने अभियानमा जाऊँ।’

अर्थमन्त्रीसमेत रहेका महतले भ्रष्टाचारबारे कांग्रेसको दृष्टिकोण प्रष्ट रहेको पनि बताए । ‘भ्रष्टाचारमा कांग्रेसको के दृष्टिकोण छ। यो देशमा एमालेले शासन गर्यो, अरुले पनि शासन गरे। ती शासनकालमा के कस्ता क्रियाकलाप भए ? यी कुरा सबैलाई थाहा छ’, उनले भने ।

कांग्रेसले सत्तामा जाँदा भ्रष्टाचार गर्ने कुरा कल्पना पनि नसकिने बताए । ‘हाम्रो पार्टी चाहिँ भ्रष्टाचारविरुद्ध प्रतिवद्ध छैन। अरु दल छन् भन्ने भाष्य अहिले बनाइएको छ। शंका नहोस् कांग्रेसले सत्तामा गएर भ्रष्टाचार गर्दैन,’ उनले भने ।

उनले देश विकास अघि नबढेको कारण कांग्रेस नै हो भन्ने भाष्य नेता कार्यकर्ताहरुले सच्याउनुपर्ने बताए। ‘हामीमा मात्रै कमी कमजोरी छन्, अरु राम्रा छन् भन्ने मानसिकता छाडेमा देश बन्न सक्छ’, उनले भने, ‘पार्टी सभापतिको नेतृत्वमा गठबन्धनमा तलदेखि माथि हामी पहिलो छौँ। बीचमा सत्ता गुमेको निराशालाई चिरेर हामी एक ठाउँमा उभिएका छौँ।’

प्रकाशित मिति: Jul 23, 2023

प्रतिक्रिया दिनुहोस्