Logo
७ आश्विन २०८१, सोमबार
(July 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समृद्ध समाजवाद निर्माण गर्न सबै कम्युनिस्ट एक ठाउँमा आउनुपर्छ : वामदेव गौतम

पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक-दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए ।

उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताए । उनले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिस्टहरू एउटा मोर्चामा आउन जरुरी रहेको बताए ।

गौतमले समाजवादी मोर्चामा दुई÷तीन वटा पार्टी मात्रै नभई नेकपा एमाले, मोहन वैद्य, लगायतका अन्य छरिएर रहेका कम्युनिस्ट पार्टीहरू एक हुनुपर्ने बताए ।

नेता गौतमले पुष्पलालले देखेको सपना साकार पार्न कम्युनिस्ट पार्टीहरू एक भएर शक्ति आर्जन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Jul 23, 2023

प्रतिक्रिया दिनुहोस्