Logo
७ आश्विन २०८१, सोमबार
(July 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मौद्रिक नीति सार्वजनिक हुँदै, लचिलो आउने सम्भावना कति?

चालु आर्थिक वर्ष २०८०–८१ को लागि मौद्रिक नीति आज सार्वजनीक हुँदै छ। मौद्रिक नीति पारित गर्न आईतबार बिहान संचालक समितिको बैठक चलिरहेको छ। बैठक पश्चात नेपाल राष्ट्र बैंकले नीति सार्वजनीक गर्ने छ।

राष्ट्र बैंक केही लचिलो भएर मौद्रिक नीति जारी गर्ने अपेक्षा गरिएको छ। सार्वजनीक तथ्यांक अनुसार जेठ महिनासम्मको मुलुकको वित्तीय अवस्था सन्तोषजनक रहनु, विगतमा गरेका कडाईले बजार सञ्चालनमा नै समस्या देखा पर्नु, राजनैतिक दबाबका साथसाथै नेपालको अर्थतन्त्रले बजेटको भन्दा बढि अपेक्षा मौद्रिक नीतिमाथि गर्नुपर्ने बाध्यात्मक अवस्थाको व्यावहारीक दबाब हुनु जस्ता कारणले यो पटकको मौद्रिक नीति केही लचिलो भएर आउने देखिन्छ।

यसो त नेपालको अर्थतन्त्रको धरातल त्यत्ति बलियो छैन। जसले गर्दा राष्ट्र बैंकले छोटो समयमै नितिहरु परिर्वतन गरिरहनुपर्छ। पछिल्लो पटक सावजनीक भएको मुलुकको आर्थिक तथा वित्तीय स्थिति सकरात्मक नै रहेको कारण पनि नयाँ नीति केही लचिलो आउने अपेक्षा गरिएको हो।

जेठ महिनासम्म आउँदा मुद्रा स्थितिमा केही सुधार आएर ६.८३ प्रतिशत, कुला व्यापार घाटा १५.५ प्रतिशतले घटेको, सोधानान्तर स्थिति अर्ब २८ अर्ब बढीले बचतमा रहेको, विदेशि विनिमय सञ्चिति प्रयाप्त रहेको, बैंकिङ प्रणालीमा निक्षम संकलन बढेको लगायतका सकरात्मक सूचकसहितको तथ्यांक राष्ट्र बैंकले सार्वजनीक गरेको थियो।

तर, बैंक तथा वित्तिय संस्थाहरुको कर्जा विस्तार र कर्जा असुलिको अवस्था खस्किनुको कारण राष्ट्र बैंकले केही नितिहरुमा एक्कासी कडाई गरेको थियो। घरजग्गा, अटो, शेयर बजारमा गरेको कडाईको कारण अर्थतन्त्रको चेन नै ब्लक जस्तै भएको थियो। उक्त चेनलाई केही खोल्ने गरि निती आउने देखिन्छ।

बिनाधार बजेटलाई सम्धोन गर्न राष्ट्र बैंकलाई सकस

चालू आर्थिक वर्षमा सरकारले मुद्रास्फितिलाई ६.५ प्रतिशत भन्दा तल राखे ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ। सोहि लक्ष्य भेट्टाउने गरि मौद्रिक नीति ल्याउन सकिने अवस्था छैन। तर, लक्ष्यको नजिक पुग्ने गरि नीति ल्याउन राष्ट्र बैंकमाथि अर्थमन्त्रालय र सरकारको दबाब छ।

प्रकाशित मिति: Jul 23, 2023

प्रतिक्रिया दिनुहोस्