Logo
७ आश्विन २०८१, सोमबार
(July 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भन्सार जाँचपासमा संलग्न दुई कर्मचारीलाई निलम्बनको तयारी

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटतस्करीको सुन जाँचपास गराइएको प्रकरणमा संलग्न कर्मचारीलाई निलम्बनको तयारी भएको छ ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जाँचपासमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गरी अनुसन्धान गर्न लागिएको बताए ।

बिहीबार बिहान रातोपाटीसँग कुराकानी गर्दै पौडेलले भने, ‘संलग्न कर्मचारीबारे छानबिन गरेर हदैसम्मको कारबाही हुन्छ । अहिले अनुसन्धान भइरहेको छ ।’

विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार बुधबार बिहान भन्सार जाँचपास गर्ने क्रममा शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा थिए । चन्द र ढकालले नै उक्त सामानको चेकजाँच र जाँचपास गराएको पाइएको छ ।

विमानस्थल भन्सार स्रोतका अनुसार पैठारीकर्ताले आफ्नो विवरण उल्लेख गरी कार्गोमार्फत् ती सामान नेपाल ल्याएका थिए । कार्गोमार्फत् नेपाल आएको सामान विमानस्थलको कार्गोबाट सोझै भन्सार कार्यालयको गोदाममा आउने गर्छ ।

गोदामबाट जाँचपास गरेपछि मात्रै ती सामान बाहिर ल्याउन पाइन्छ ।
यतिबेला त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी अरुण पोखरेलसँग छ ।

तर उनी बिरामी भएकाले दुई महिना विदामा बसेका छन् । उनको स्थानमा निमित्त कार्यालय प्रमुखका रुपमा नारद गौतम रहेका छन् । तर भन्सार जाँचपासको कार्यमा कार्यालय प्रमुखको प्रत्यक्ष संलग्नता रहँदैन ।

बुधबार राजश्व अनुसन्धान विभागको टोलील करिब १ क्विन्टल सुन बरामद गरेको थियो ।

प्रकाशित मिति: Jul 20, 2023

प्रतिक्रिया दिनुहोस्