Logo
७ आश्विन २०८१, सोमबार
(July 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोलुखुम्बुको लम्जुरामा मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त

सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको छ ।

‘हेलिकप्टर क्षतविक्षत भएको जानकारी आएको छ । अहिले वडामा रहेको प्रहरी टोली घटनास्थलमा पुग्दैछ’, उनले रातोपाटीलाई बताए ।

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् ।

सदरमुकामबाट लम्जुजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।

 

प्रकाशित मिति: Jul 11, 2023

प्रतिक्रिया दिनुहोस्