Logo
५ आश्विन २०८१, शनिबार
(July 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशीको मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर भएको रिट निवेदन न्यायाधीश श्रेष्ठको इजलासमा

कोशी प्रदेशमा उद्धव थापालाई अवैधानिक रुपमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै उत्प्रेषणमार्फत खारेजीको मागदाबी सहित दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ ।

गत शुक्रबार दर्ता भएको रिट निवेदनमाथि अहिलेसम्म सुनुवाइ हुन सकेको छैन । आइतबार र सोमबार पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ भन्दै सुनुवाइ हुन नसकेको हो ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत दायर गरेको रिट निवेदनमा नवनिर्वाचित मुख्यमन्त्री, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

कार्कीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् ।

असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि कार्कीले परमादेश माग गरेका छन् ।

प्रकाशित मिति: Jul 11, 2023

प्रतिक्रिया दिनुहोस्