Logo
८ आश्विन २०८१, मंगलबार
(July 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न नगर्ने कम्पनीलाई कारबाही गर्नुपर्छ : सांसद देवकोटा

राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो माग गरेकी हुन् ।

सांसद देवकोटाले समयमै सम्पन्न नगर्ने हो भने राष्ट्रिय गौरवका आयोजनाहरुको नामकरण नगर्न पनि सरकारलाई सचेत गराइन् । उनले राष्ट्रिय गौरवका आयोजनाहरुमा चरम भ्रष्टाचार मौलाएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न पनि सरकारलाई गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याइन् ।

सांसद देवकोटाले निर्माणाधीन सडक आयोजनाहरूका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरिन् ।

प्रकाशित मिति: Jul 4, 2023

प्रतिक्रिया दिनुहोस्