Logo
८ आश्विन २०८१, मंगलबार
(July 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट बढेर आयो डिजेलको मूल्य, पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको घट्यो

भारतबाट डिजेल बाहेकका पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतबाट हिजो १ तारिखमा प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको हो ।

यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरकाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४ पैसा घटेर आएको छ । यस्तै, मट्टितेलको मूल्य प्रतितिलटर ५ पैसा घटेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ५७ पैसा घटेर आएको छ ।

यसका साथै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६१ रुपैयाँले घटेर आएको छ । निगमकाअनुसार हाल सबैभन्दा धेरै नाफा बाह्यतर्फको हवाई इन्धनमा छ ।

बाह्यतर्फको हवाई इन्धनमा ५७ रुपैयाँ नाफा छ । यसपछि आन्तरिक हवाई इन्धनमा ३७ रुपैयाँ नाफा छ । यस्तै, डिजेलमा १३ रुपैयाँ प्रतिलिटर नाफा हुँदा पेट्रोलमा १२ रुपैयाँ नाफा छ । यसका साथै, मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ नाफा हुँदा एलपी ग्यासमा समेत प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा छ ।

प्रकाशित मिति: Jul 2, 2023

प्रतिक्रिया दिनुहोस्