Logo
८ आश्विन २०८१, मंगलबार
(July 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेटमाथिको छलफलका लागि लुम्बिनी प्रदेशसभाको बैठक आह्वान

लुम्बिनी प्रदेशसभाको आजको बैठकमा बजेटमाथि छलफल हुने भएको छ ।

लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेस गरेको बजेटमाथि आज छलफल हुन लागेको हो । जसका लागि आइतबार प्रदेशसभा बैठक बस्दैछ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले असन्तोष जारी गरेको तथा सत्तापक्षीय सांसद स्वयं समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा चल्नेमा भने अझैं आशंका कायमै छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेस भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन । जसकाकारण बजेटमाथि सांसदहरुको औपचारिक धारणा बाहिर आउन सकेको छैन ।

पूर्वनिर्धारित कार्यसूची अनुसार गत असार १० गतेवाट बजेटमाथि छलफल सुरु गर्ने भन्दै बैठक आव्हान गरिएको भए पनि विवाद नसल्टेपछि सूचना टाँसेर स्थगित गरिएको थियो ।

गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए ।

प्रकाशित मिति: Jul 2, 2023

प्रतिक्रिया दिनुहोस्