Logo
८ आश्विन २०८१, मंगलबार
(June 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक महिनाभित्र एनआरएनए नागरिकता वितरण गर्ने सरकारको घोषणा

सरकारले एक महिनाभित्र नियमावली बनाएर गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरणको काम सुरु गर्ने भएको छ । उपप्रधानमन्त्री एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै प्रक्रिया पूरा गरेर एक महिना भित्रै नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गर्ने सरकारको घोषणा गरेका हुन् ।

उनले भने– ‘एक महिना भित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गरिसक्छौँ । एनआरएनलाई सहज हुने गरि परिवर्तन गर्नु पर्ने नियम कानुन परिवर्तन गरिन्छ । गर्नुपर्ने काम रोकिँदैन ।’

एक महिनाअघि राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।

प्रकाशित मिति: Jun 30, 2023

प्रतिक्रिया दिनुहोस्