Logo
४ माघ २०८१, शुक्रबार
(June 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवेकशील साझाले पार्टी कार्यालयमा राख्यो ग्रेटर नेपालको नक्सा

विवेकशील साझापार्टीले ग्रेटर नेपालको नक्सा पार्टी कार्यालयमा राखेको छ । शुक्रबार पार्टी कार्यालय बखुन्डोलमा ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक कार्यक्रम राखेर ग्रेटर नेपालको नक्सा राखेको हो ।

भारतले अखण्ड भारतको नाम दिएर नेपालको भूगोल समेटेर नयाँ संसद भवनमा नक्सा राखेपछि विवेकशील साझाले ग्रेटर नेपालको नक्सा पार्टी कार्यालयमा राखेको अध्यक्ष समीक्षा बाँसकोटाले बताइन् ।

नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियान चलाउने उनको भनाइ छ । राष्ट्रपति कार्यालय, संसद भवन, सिंहदरबार, सेनाको मुख्यालय लगायतमा ग्रेटर नेपालको नक्सा राख्न दबाब दिने बाँस्कोटाले बताइन् ।

यस्तै विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले ग्रेटर नेपालको नक्सा देशका सबै प्रशासनिक निकायमा राख्न माग गरे । नेपालको सांसद, प्रशासनिक र सार्वजनिक कार्यालयहरुमा ग्रेटर नेपालको नक्सा राखेर ऐक्यबद्धता जनाउन सरोकारवालालाई पनि अनुरोध गरेको परियारले बताए ।

प्रकाशित मिति: Jun 30, 2023

प्रतिक्रिया दिनुहोस्