Logo
८ आश्विन २०८१, मंगलबार
(June 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धन सरकारको मिसन नै भ्रष्टाचार काण्डको फाइल खोल्ने हो : मन्त्री गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धन सकराको मिसन नै भ्रष्टाचार काण्डको भुङग्रोबाट जनतालाई मुक्त गराएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा मन्त्री गुरुङले आफूहरूले भ्रष्टाचारको भुङग्रोमा अगुल्टो ठोस्ने काम नगर्ने भन्दै त्यसलाई निभाउने काम गर्ने बताएका हुन् ।

उनले भने ‘ गठबन्धन सरकारले पनि भ्रष्टाचारको ठूला ठूला काण्डको निष्पक्ष छानबिन गरेर मुलुकमा सुशासन स्थापना गर्ने मिसनका साथ अगाडि बढिरहेको छ । त्यसैले सदियौँदेखि भ्रष्टाचारको भुङग्रोमा जनता छटपटाई रहेको अवस्थामा अहिले हामी फेरि भ्रष्टाचारको भुङग्रोमा अगुल्टो ठोस्ने काम गर्दैनौँ । अगुल्टो निभाउने काम गर्छौ । र नेपाली जनतालाई भ्रष्टाचारको भुङग्रोबाट बाहिर निकाल्ने काम यो सरकारले गर्छ । गठबन्धन सरकारले गर्छ ,। यो मिसनबाट गठबन्धन सरकार पछि हट्दैन । एक पछि अर्को गर्दै भ्रष्टाचार काण्डको फाइल खोल्दै खोल्दै जाने हो ।

वर्तमान सकरकारले भ्रष्टाचारको काण्डलाई निर्मूल पार्ने काम गर्ने उनको भनाइ छ ।

उनले भने ‘ यो गठबन्धन सरकार ढल्छ यो सरकार ढलिहाल्छ भन्ने पनि सुन्छु तर यो ढल्दैन । यदि कसैले यो गठबन्धन ढलिहाल्छ की गईहाल्की भनेर आशमा गर्छ भने ,भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । हल्लाको पछाडि लगाएर पार्टी र सरकारलाई कमजोर पार्ने काम गरेको बताए । त्यसैले हामी ठिक दिशामा छौं ।

प्रकाशित मिति: Jun 30, 2023

प्रतिक्रिया दिनुहोस्