Logo
८ आश्विन २०८१, मंगलबार
(June 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्पादन वृद्धि गरी कृषिलाई आत्मनिर्भर बनाउनुपर्छ : पूर्व प्रधानमन्त्री खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आधुनिक उपकरणहरूको प्रयोग गरेर उत्पादन वृद्धि गरी कृषिलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै नेपालमा धान प्रमुख खाद्यवाली रहेकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको विशिष्ट महत्त्व रहेको उनले बताए ।

शुभकामना सन्देशमा भनिएको छ -‘नेपाल एक कृषि प्रधान देश भएकाले अधिकांश जनता कृषिमा संलग्न रहेका छन् । तसर्थ, समग्र रूपमा कृषि क्रान्तिलाई सम्पन्न नगरी कृषि अर्थतन्त्रको विकास सम्भव छैन । कम्तीमा पनि यति बेला कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि आवश्यक आधुनिक उपकरणहरू उपलब्ध गराउन, किसानका अधिकार सुनिश्चित गर्न, कृषि उत्पादन सम्बन्धी विशेष तालिमहरू प्रदान गरेर कृषि उत्पादन वृद्धि गरी कृषिलाई आत्मनिर्भर बनाउनु पर्ने आवश्यकता रहेको छ । त्यस्तै, समयमै मल, बिउँ प्रविधि र वैज्ञानिक सेवा उपलब्ध गराउन, राहत, सहुलियत र अनुदान उपलब्ध गराउन, किसानहरूले उठाउँदै आएका जायज मागहरूलाई संवोधन गर्न र किसान समुदायले उत्पादन गरेका कृषि उपजहरूलाई उचित बजारको सुनिश्चितता गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु । ‘

खनालले थप लेखेका छन् -‘सम्पूर्ण किसान जनतालाई आफ्ना वर्गीय हितका निम्ति जागरूक हुन, कृषि क्रान्तिका बारेमा आफ्नो समझलाई गहिरो बनाउन, किसान जनतालाई व्यापक रूपले सङ्गठित गर्न र कृषि क्रान्तिको बाटोमा दृढता पूर्वक उभिँदै एकताबद्ध भएर अघि बढ्न हार्दिक आग्रह गदै म सम्पूर्णमा राष्ट्रिय धान दिवसको अवसरमा पुनःएकपटक शुभकामना दिन चाहन्छु ।’

 

प्रकाशित मिति: Jun 30, 2023

प्रतिक्रिया दिनुहोस्