Logo
८ आश्विन २०८१, मंगलबार
(June 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवास प्रकरणमा संलग्न पूर्व प्रधानमन्त्रीलाई संसदमै स्पष्टीकरण सोध्न सांसद सुवालको माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटरको सरकारी जग्गा हिनामिनाको अरोप लागेका पूर्व प्रधानमन्त्रीलाई संसदमै स्पष्टीकरण सोध्न माग गरेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सुवालले गिरोहले २०४९ सालदेखि २०६६ सालसम्म सरकारी जग्गा ब्यक्तिको जग्गा बनाई बिक्री वितरण गर्ने काममा सरकारका पूर्व प्रधानमन्त्री मन्त्रीसमेतको सहभागिता भएको बताए । उनले सो प्रकरणमा संलग्न पूर्व प्रधानमन्त्रीहरुलाई संसदमै स्पष्ट गर्न लगाउन जरुरी रहेको बताए । अन्य मन्त्री र पूर्व पदाधिकारीहरुलाई सार्वजनिक लेखा समितिले समेत ध्यानाकर्षण गराउनुपर्ने बताए ।

उनले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा १४३ रोपनी ६ आना १३ अर्ब ७६ करोड रुपैयाँ बराबरको हिनामिनामा केही पूर्व अधिकारीहरु पक्राउ परेको बताउँदै २०७८ पुष ६ गते जग्गा हिनामिनाका आरोपी २२० जना विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएकोमा सरकारी वकिल कार्यालयले ४ दिनपछि अनुसन्धान नटुङ्गिएको भन्दै फिर्ता पठाएको पनि कुरा संसदमा सुनाएका छन् ।

प्रकाशित मिति: Jun 28, 2023

प्रतिक्रिया दिनुहोस्