Logo
८ आश्विन २०८१, मंगलबार
(June 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ताप्लेजुङमा बाढी पहिरोले मानवीय संकटको अवस्था छ : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वी पहाडी जिल्लामा बाढी पहिरोका कारण मानवीय संकट उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले ताप्लेजुङ जिल्लामा ६ जना, पाँचथरमा ६ जना र संखुवासभामा २४ जना गरी ३६ जनाको मृत्यु भएको बताए ।

त्यस क्षेत्रमा तत्काल उद्धारका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको र उनले सम्बन्धित निकायलाई निर्देशन दिएपनि ढिलाई भएको बताए ।

उनले ताप्लेजुङ जाने ३ वटा पक्की पुल भत्काएकोले सडक सञ्जाल बिच्छेद भएकोले ठूलो मानवीय संकट उत्पन्न भएको बताए । खाद्य संकट, औषधी लगायतका सामग्रीको संकट भएकोले सरकारको ध्यानाकषर्ण गराए ।

ती ठाउँमा हवाई माध्यमबाट भएपनि खाद्यवस्तु र औषधीको व्यवस्था गर्न आग्रह गरे । झन्डै १ दजर्न पुलमा क्षति पुगेकोले त्यसको मर्मत गराउनका लागि ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति: Jun 28, 2023

प्रतिक्रिया दिनुहोस्