Logo
८ आश्विन २०८१, मंगलबार
(June 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवास प्रकरणका आरोपित मीनबहादुर गुरुङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् । ललिता निवास प्रकरणमा सरकारी कागज कीर्ते गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

यस प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो । २०७७ सालमा विशेष अदालतले व्यवसायी गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको थियो । मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए ।

प्रकाशित मिति: Jun 27, 2023

प्रतिक्रिया दिनुहोस्