Logo
८ आश्विन २०८१, मंगलबार
(June 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : प्रमुख सचेतक लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरू अन्य कुनै कार्यालयमा नगाभिने बताए ।

उनले निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभिने पक्षमा पार्टीको संसदीय दल नै रहेको स्पष्ट पारे । आज अर्थमन्त्रीले संसद्मा जवाफ दिने क्रममा जिल्ला निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभ्ने प्रतिबद्धता गर्ने पनि उनले जानकारी दिए । यो कुरा निर्वाचन आयोगले पनि निर्णय गरिसकेको उनले उल्लेख गरे ।

लेखकले निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतालाई कायम राखिने बताए ।

प्रकाशित मिति: Jun 27, 2023

प्रतिक्रिया दिनुहोस्