Logo
८ आश्विन २०८१, मंगलबार
(June 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेटको पक्षमा मतदान गर्न एकीकृत समाजवादीका सांसदलाई ह्विप लगाउने तयारी

नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाउने तयारी गरेको छ । सो पार्टीले मंगलबार बिहान संसदीय दलको बैठक बोलाएर बजेटको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेको हो ।

सांसद मेटमणि चौधरीले मंगलबार बिहान दलको बैठक बोलाएको बताए । उनले सोही बैठकले सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेको बताए ।

एकीकृत समाजवादीका अधिकांश सांसदहरू आर्थिक वर्ष ८० को बजेटप्रति असन्तुष्ट हुँदै विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि पार्टीले उनीहरूलाई ह्विप लगाउन लागेको हो ।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० सांसद रहेका छन् । बजेटमाथिको मन्त्रालयगत छलफल सकेर मंगलबार बजेट पारित गर्ने सरकारको तयारी छ ।

राजनीतिक दलसम्बन्धी २०७३ अनुसार जुनसुकै पार्टीले आफ्ना सांसदलाई ह्विप लगाउन सक्ने व्यवस्था रहेको संघीय संसद् सचिवलायका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

प्रकाशित मिति: Jun 27, 2023

प्रतिक्रिया दिनुहोस्