Logo
४ माघ २०८१, शुक्रबार
(June 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनको युद्ध र वाग्नर सङ्कटले ‘रूसी शक्तिलाई कमजोर पारिरहेको’ छ : ईयू

आणविक शक्तिमा अस्थिरता ‘राम्रो कुरा होइन’ भन्दै युरोपेली सङ्घ (ईयू) का शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले युक्रेनमा मस्कोको युद्धले रूसी शक्तिलाई विभाजित गरिरहेको देखाएको बताएका छन् ।

युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, ‘यो सप्ताहन्तमा जे भएको छ, त्यसले युक्रेनविरुद्धको युद्धले रूसी शक्तिलाई ध्वस्त पारिरहेको छ र यसको राजनीतिक प्रणालीलाई प्रभावित गरिरहेको छ भन्ने देखाउँछ ।’

‘रुस जस्तो आणविक शक्ति अस्थिरताको चरणमा जान सक्छ भन्ने कुरा पक्कै पनि राम्रो होइन । यो पनि ध्यानमा राख्नुपर्ने कुरा हो’, बोरेलले पत्रकारहरूसँग भने । ‘सबैभन्दा महत्वपूर्ण निष्कर्ष के हो भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सुरु गरेको युद्ध र पुटिनले वाग्नरसँग मिलेर बनाएको अस्वभाविक गठजोडले पुटिन स्वयंप्रति औँला ठडाएको छ’, उनले भने ।

बोरेलले भने, ‘अस्वभाविक शक्ति संरचनाले आफ्ना सर्जकविरुद्ध काम गरिरहेको छ, राजनीतिक प्रणालीले कमजोरी देखाइरहेको छ र सैन्य शक्ति ध्वस्त भइरहेको छ ।’ लक्जेम्बर्गमा भएको आफ्नो नियमित बैठकमा इयूका विदेशमन्त्रीहरू विद्रोहबाट उत्पन्न परिणामको मूल्याङ्कन गर्दै यसलाई स्वभाविक परिणाम बताएका छन् ।

स्वीडेनका विदेशमन्त्री टोबियास बिलस्ट्रोमले अशान्ति रूसको आन्तरिक मामिला भएको बताए । उनले ‘सबैभन्दा महत्वपूर्ण कुरा’ भनेको युक्रेनलाई समर्थन गर्नु रहेको बताउँदै पछिल्ला परिणामले युक्रेनले आफ्नो भू–भाग फिर्ता लिन सक्ने पुष्टि गरिरहेको बताए ।

प्रकाशित मिति: Jun 27, 2023

प्रतिक्रिया दिनुहोस्