Logo
८ आश्विन २०८१, मंगलबार
(June 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लियरको काम आगामी आर्थिक वर्ष भित्र सक्छौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आर्थिक वर्ष २०८०-८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताएका छन् ।

आज प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट सुनिश्चित गर्ने गरेको बताए । उनले राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको बताए ।

प्रचण्डले रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि बताए । उनले राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य प्राथमिकता आयोजनाहरूको जग्गा अधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताए ।

उनले राष्ट्रिय गौरवका आयोजनाहरूमा आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायहरूमार्फत सम्बोधन गरिने बताए ।

प्रकाशित मिति: Jun 23, 2023

प्रतिक्रिया दिनुहोस्