Logo
८ आश्विन २०८१, मंगलबार
(June 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक यात्रा अत्यन्त सकारात्मक र उर्जावान भएको छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको एक वर्षको यात्रा आफूले अत्यन्त सकारात्मक, उर्जावान र आशा र भरोसाको रुपमा पाएको बताएका छन् ।

पार्टी स्थापनाको एक वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यात्रा सुरुवात गर्दाखेरी नै विश्वास भएपनि उक्त विश्वास मतमा बदलिने कुरामा हेक्का नरहेको उनले बताए ।

‘अन्तन्त सकारात्मक, अत्यन्त उर्जावान र नेपाली जनताले आशा र भरोसाको रुपमा हेरेको यात्राको रुपमा मैले पाएको छु । सुरुवात गर्दाखेरी हामीलाई विश्वास त थियो तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको हेक्का थिएन,’– उनले भने ।

समाजले परिवर्तन खोजेको छ भन्ने कुराको जानकारी विभिन्न माध्यमबाट पाए पनि साच्चै नै समाज परिवर्तनका लागि तयार नै भएको कुरा निर्वाचनले पुष्टि गरेको उनको दाबी छ ।

‘समाज परिवर्तनका लागि तयार नै भएको हो र त्यो तयार भएको कुरा मतपत्रबाट नै जाहेर गर्छ भन्ने कुराको स्पष्ट संकेत हाम्रो भाषामा घण्टी बजिनै सकेको छ । यो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो । यसलाई अत्यन्त सकारात्मक रुपमा हेरेको छु,’– उनले भने ।

आम नागरिकसम्म पुगेर पार्टीका एजेण्डाबारे स्पष्ट पार्नु अहिले आफूले चुनौतिको रुपमा हेरेको पनि उनले बताए ।

प्रकाशित मिति: Jun 22, 2023

प्रतिक्रिया दिनुहोस्