Logo
८ आश्विन २०८१, मंगलबार
(June 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैतनिक राजदूतबाट छिटो राहदानी दिने व्यवस्था गर्न माधव नेपालको प्रस्ताव

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै नेपालीहरु भएका देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने व्यवस्था गर्नुपर्ने धारण राखेका छन् ।

बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले यसबारे सरकारले पहल थाल्नुपर्नेमा जोड दिए ।

उनले कतिपय देशका दूतावासमा कर्मचारीहरू कम हुँदा समयमा काम सम्पन्न गर्न कठिनाइ भएको गुनासो आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले समयमा नै राहदानी खरिद गर्नसके कम मूल्य पर्ने समेत बताए । यसअघि समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले ग्लोबल टेन्डर प्रक्रिया झन्झटिलो भएकाले खरिद महँगो भएको बताएका थिए । तर नेपाले सरकारले सीमित समयभित्र कति राहदानी आवश्यक पर्छ ? भन्नेकुरालाई ध्यानमा राखी समयमै खरिद गर्न सक्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले भेरियसनको नाममा म्यानुपुलेशन बढी हुने भन्दै यसतर्फ सचेत रहनुपर्ने पनि बताए । उनले समयमा नै राहदानी खरिद गर्न नसके राहदानीको मूल्य ठेकेदारहरूले बढाउँदै लैजाने गरेको बताए ।

उनले भने, ‘राहदानी प्रिन्ट गर्न कति समयसम्म उसले सप्लाई गर्नसक्छ ? भन्नेकुरा पक्कै ध्यानमा राखिएको हो । यो भेरियसनको नाममा म्यानुपुलेशन ज्यादा हुने गर्दछ । भेरियसनको नाममा विभिन्न ठेक्कापट्टामा मूल्य वृद्धि गर्ने हुन्छ ।’

अध्यक्ष नेपालले राहदानी खरिदमा देखिएका विकृति, विसंगतिमा सरकारको ध्यान कति गएको छ ? भन्दै प्रश्न समेत गरे ।

प्रकाशित मिति: Jun 21, 2023

प्रतिक्रिया दिनुहोस्