Logo
८ आश्विन २०८१, मंगलबार
(June 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेम चलाउनेको धर्नालाई ऐक्यबद्धता जनाउन अदालत पुगेका चार जना पक्राउ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यबद्धता जनाउन जिल्ला अदालत काठमाडौँ पुगेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू ब्यानरसहित अदालत परिसरमा पुगेर ऐक्यबद्धता जनाएका थिए ।

काठमाडौँ जिल्ला परिसरका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार पक्राउ परेका चार जनालाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउने धर्नामा बसेका छन् । चलाउनेलाई सोमबार प्रहरीले नियन्त्रणमा लिई छाडेको थियो ।

प्रकाशित मिति: Jun 20, 2023

प्रतिक्रिया दिनुहोस्