Logo
८ आश्विन २०८१, मंगलबार
(June 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी स्थित धरानमा ‘आदिपुरुष’ प्रदर्शन नगर्न मेयर हर्क साम्पाङको आग्रह

विवादित बनिरहेको भारतीय फिल्म ‘आदिपुरुष’लाई सुनसरीको धरान उपमहानगरपालिकाभित्र प्रदर्शन नगर्न मेयर हर्क साम्पाङले आग्रह गरेका छन् । मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला ।’

आदिपुरुषमा सीतालाई ‘भारतकी बेटी’ भनेको शब्द नहटाएसम्म नेपालमा भारतीय फिल्म रोक्ने भन्दै काठमाडौं महानगरपालिकाभित्र अन्य भारतीय फिल्म प्रदर्शनमा समेत रोक लगाइएको छ । यस्तै पोखरा महानगरपालिकामा पनि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।

धरानमा भने ‘आदिपुरुष’को मात्रै प्रदर्शन नगर्न मेयर साम्पाङले आग्रह गरेका छन् ।

प्रकाशित मिति: Jun 19, 2023

प्रतिक्रिया दिनुहोस्