Logo
७ माघ २०८१, सोमबार
(June 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार ७ गते रास्वपाको चियापान, केन्द्रिय कार्यालय बसुन्धारबाट बालाजु सर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय सर्ने भएको छ । बसुन्धरा चोकमा रहेको कार्यालय साँघुरो भएपछि बालाजुमा सार्न लागिएको रास्वपाका महामन्त्री मुकुल ढकालले बताएका छन् ।

पार्टी गठनको एक वर्ष पुगेसँगै ७ असारमा कार्यालय सार्ने र पार्टी गठनको एक वर्ष पूरा भएको अवसरमा चियापान गरिने उनले बताए ।

‘अहिलेको ठाउँ अलि साँघुरो भयो । अहिलेको ठाउँमा अफिसियल गाडी कार्यालयको प्राङ्गणमा राख्न नमिल्ने छ,’ उनले, ‘अब सर्ने भवनमा पाँच तला छ ।’

५ तल्ले पूरै भवन रास्वपाले लिएको हो । नयाँ भवन रास्वपाकै नेता डा. भरत देवकोटको हो । पार्टीका अनुशासन समितिमा रहेका घरधनी देवकोटालाई भाडा वापत मासिक साढे ३ लाख तिर्ने सहमति भएको ढकालले बताए ।

बसुन्धरामा रहेको भवनका लागि रास्वपाले मासिक डेढ लाख भाडा तिर्दै आएको थियो ।

प्रकाशित मिति: Jun 18, 2023

प्रतिक्रिया दिनुहोस्