नागरिकता विधेयकको पक्षमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने १० जना पक्राउ
सर्वोच्च अदालत अगाडि नागरिकता विधेयकको पक्षमा प्रदर्शन गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतले नागरिकता विधेयक रोक्न अल्पकालीन आदेश जारी गरेपछि त्यसलाई लागू गर्न माग गर्दै आइतबार नागरिक्ता विहिन नागरिले उक्त प्रदर्शन गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक रोक्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको थियो । सोही अल्पकालीन विरुद्ध नागरिकता विधेयकका पक्षधरहरुले सर्वोच्च अदालत अगाडि माइतीघरमा प्रदर्शन भइरहेका छन् ।