Logo
५ माघ २०८१, शनिबार
(June 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपरजोय चक्रवातले गुजरातमा ६ जनाको मृत्यु, ३७ हजारलाई सुरक्षित स्थानमा सारियो

विपरजोय चक्रवातका कारण गुजरातमा ६ जनाको मृत्यु भएको छ । हिजोदेखि सुरु भएको विपरजोय आँधीका कारण ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

तुफानको खतरा दिनानुदिन बढ्दै गएकोले गुजरात राज्य सरकारले जनतालाई सुरक्षित राख्न हर सम्भव प्रयास गरिरहेको जनाएको छ । जसअनुसार मंगलबारसम्म ८ जिल्लाका ३७ हजारभन्दा बढी मानिसलाई राज्य सरकारले आश्रय स्थलमा पठाएको थियो।

विपरजोयको खतरालाई मध्यनजर गर्दै धेरै सरकारी निकायले गुजरातको सौराष्ट्र र कच्छको तटीय जिल्लामा अलर्ट जारी गरेका छन् । बिहीबार साँझ जखाउमा १२५–१३५ किलोमिटर प्रतिघण्टा र १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।

चक्रवाती आँधी विपरजोय गुजरातको तटीय जिल्लातर्फ सर्दै गएको छ, जसका कारण मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ । मंगलबार थप दुई जनाको मृत्यु भएपछि हालसम्म ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

भारत मौसम विभागले पूर्वानुमानका अनुसारका चक्रवात कमजोर भए पनि राज्यमा प्रवेश गर्दा व्यापक क्षति हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति: Jun 14, 2023

प्रतिक्रिया दिनुहोस्