Logo
८ आश्विन २०८१, मंगलबार
(June 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले जनताको पक्षमा लिएका सकारात्मक पहलले प्रतिगामी अतालिएका छन् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताएका छन् ।

प्रेस सेन्टर नेपालको ज्ञापन पत्र ग्रहण गर्दै उनले भने, जनतालाई प्रत्यक्ष सेवा दिने कुरा, विदेशमा गएका नेपालीहरूलाई सम्बोधन गर्ने कुरा, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसङ्गति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ । यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू अतालिएका छन् ।

उनले प्रतिक्रियावादीहरू एजेण्डबिहीन बनेको र जनतामा नाङ्गिएको पनि बताए । प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेर मात्रै नभई राम्रो काम राम्रो हो भनेर जनता बुझाउने कुरा मुख्य भएको उल्लेख गरे।

प्रेस सेन्टर नेपालले विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवी पत्रकारहरूले भोग्नु परेका समस्याका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

सङ्गठनले संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत जन पक्षीय उपलब्धिहरू थप संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि परिवर्तन पक्षधर शक्तिहरूको एकता अपरिहार्य पनि भएको पत्रमा उल्लेख छ ।

प्रेस सेन्टरले संविधान र संविधानले प्रदत्त गरेका उपलब्धि रक्षाका लागि उभिएका शक्तिहरुबीचको एकता विगतका कमजोरीहरू सच्याउँदै आगामी दिनमा थप मजबुत बनाएर प्रतिगामी शक्तिलाई परास्त गर्ने गरी वर्तमान सरकारले सहकार्य गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति: Jun 14, 2023

प्रतिक्रिया दिनुहोस्