Logo
८ आश्विन २०८१, मंगलबार
(June 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक हस्तक्षेप बढ्यो, मुलुक गम्भीर सङ्कटमा छ : महामन्त्री सिंह

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले अहिले मुलुक गम्भीर सङ्कटको स्थितिमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङले आज गरेको पत्रकार भेटघाटका अवसरमा महामन्त्री सिंहले यस्तो बताएका हुन् ।

महामन्त्री सिंहले गणतन्त्र, धर्मनिरपेक्षता लगायतका अधिकारलाई मास्ने गरी प्रतिगमनकारी शक्तिहरू सदन र सडकमा शक्ति केन्द्रित गर्दै राजतन्त्र ब्युँताउने प्रयासमा लागिरहेकाले प्राप्त उपलब्धि गुम्ने खतरामा रहेको बताए । राजतन्त्र पक्षधर शक्तिहरूदेखि अहिले भारतीय विस्तारवाद र अमेरिकन साम्राज्यवादसम्मले नेपालमा प्रत्यक्ष हस्तक्षेप गर्दै मुलुकको स्वाधीनतासँगै जनताका प्राप्त उपलब्धिलाई मास्ने खेलमा लागेको उनको आरोप थियो ।

उनले भने –‘ गणतान्त्रिक व्यवस्थामा राजावादी शक्तिदेखि जातिवादी शक्तिसम्म सदनमा कब्जा गर्ने खेलमा छन् । उनीहरुले राजतन्त्र फर्काउने सङ्केत सहितको अभिव्यक्ति रणनीतिक योजना अघि सारिरहेका छन् ।’

महामन्त्री सिंहले अहिले सदनमा समेत राजावादी, प्रतिगमनकारी र वैदेशिक शक्तिहरूको योजनामा परिचालित दल वा व्यक्तिहरू हाबी हुँदै गइरहेकाले अहिले मुलुक चौतर्फी घेराबन्दीमा परिरहेको बताए।

सरकारले भ्रष्ट्राचार सवालमा केही गर्ने प्रयास गरिरहे पनि उक्त कदममा ब्रेक लगाउन बाह्य शक्ति केन्द्रको चलखेल समेत सुरु हुन थालेको उनले चर्चा गरे । मुलुकको स्वाधीनता, प्राप्त उपलब्धिको रक्षाका लागि वर्तमान सरकारकाले दरो गरी उभिनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति: Jun 13, 2023

प्रतिक्रिया दिनुहोस्