Logo
८ आश्विन २०८१, मंगलबार
(June 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनले रुसमाथि प्रतिकारात्मक हमला सुरु गरेको जेलेन्स्कीद्वारा स्वीकार

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि प्रतिकारात्मक आक्रमण सुरु गरेको बताएका छन् । शनिबार उनले भने, ‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण गरेका छौँ । हाम्रो सेनाबाट रुसमा यस्ता आक्रमणहरू भइरहेका छन्।’ तर उनले जवाफी आक्रमणको विवरण नदिने पनि बताए ।

पछिल्लो समाचार अनुसार युक्रेनी सेनाले देशको पूर्वी भागमा रहेको बाख्मुत र दक्षिणमा जापोरिझियामा प्रगति गरिरहेको छ। शुक्रबार देखाइएको एक भिडियोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अब युक्रेनले जवाफी कारबाही सुरु गरेको रुसले निश्चित रूपमा भन्न सक्ने बताएका थिए । तर युक्रेनको प्रयास असफल भएको र उनीहरुले ठुलो मात्रामा क्षति बेहोरेको उनको भनाई थियो ।

जेलेन्स्कीको कन्फरेन्सपछि राति रुसले ओडेसामा ड्रोन आक्रमण गरेको थियो । जसमा ३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।

प्रकाशित मिति: Jun 11, 2023

प्रतिक्रिया दिनुहोस्