इन्टरनेटको माध्यबाट गरिने अनलाईन विज्ञापनलाई करको दायरामा ल्याउने
सरकारले इन्टरनेटको माध्यमबाट अनलाईन गरिने विज्ञापन तथा अन्य कारोबारलाई करको दायरमा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन् ।
शुक्रबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन तथा अन्य कारोबारलाई नियमन र करको दायरमा ल्याइने बताए ।