Logo
९ आश्विन २०८१, बुधबार
(May 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केसीको अध्यक्षतामा सुशासन समितिको बैठक

प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ । समितिका ज्येष्ठ सदस्य राष्ट्रिय जनमोर्चाका सांसद चित्र बहादुर केसीको सभापतित्वमा बैठक सुरु भएको हो ।

सरकारबाट भए गरेका काम कारबाहीको नियमित अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिनका लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम गठन भएका विभिन्न समितिहरूमध्ये राज्य व्यवस्था तथा सुशासन समिति पनि एक मानिन्छ । यस समितिले आफ्नो अधिकारक्षेत्रका विषयमा कानुन निर्माण गर्नुका अतिरिक्त सरकारलाई सुशासन, शान्ति सुरक्षा, कानुनी शासनको स्थापना लगायत विभिन्न गतिविधिहरुमा आवश्यक सल्लाह, सुझाव तथा निर्देशन दिँदै आएको छ ।

प्रतिनिधि सभाको नियमित कामकारबाहीमा सहयोग पुर्याउन तथा सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जबाफदेही बनाउन यो समिति जिम्मेवार मानिन्छ ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक समितिका ज्येष्ठ सदस्य नवल किशोर साह सुडीको सभापतित्वमा बसेको छ ।

त्यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीको सभापतित्वमा सुरु भएको छ ।

प्रकाशित मिति: May 16, 2023

प्रतिक्रिया दिनुहोस्