Logo
९ आश्विन २०८१, बुधबार
(May 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने सहमति

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेकाले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने भएका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकका अनुसार राष्ट्रपति पौडेलले संक्षिप्त रुपमा नीति तथा कार्यक्रम पढेपछि बाँकी प्रधानमन्त्रीले पढ्ने सहमति भएको छ ।

‘राष्ट्रपतिजी अलि अस्वस्थ हुनुहुन्छ । सबै उहाँले पाठ गर्न सक्नुहुने होइन,’ उनले भने, ‘राष्ट्रपतिजीले पाठ गर्न नसकेपछि संक्षिप्तमा राष्ट्रपतिले पढेर प्रधानमन्त्रीले पढ्ने होकि नीति कार्यक्रम भन्नेबारे छलफल भएको छ । यी कुरामा सहमति गरेर अगाडि बढ्ने कुराकानी भएको छ ।’

यसबारे कार्यव्यवस्था समितिले निर्णय गर्ने लेखकको भनाइ छ । जेठ ३ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ ।

प्रकाशित मिति: May 14, 2023

प्रतिक्रिया दिनुहोस्