Logo
९ आश्विन २०८१, बुधबार
(May 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘परस्त्री’ को फष्टलुकमा भारतीय समीक्षक तरन आदर्शको टिप्पणी

फिल्म ‘परस्त्री’ को फष्टलुकप्रति भारतीय चर्चित पत्रकार तथा समीक्षक तरन आदर्शले प्रतिक्रिया जनाएका छन् । उनले परस्त्रीको पोस्टर शेयर गर्दै फिल्म इन्डो नेपाली भएको बताएका छन् ।

पोस्टर शेयर गर्दै उनले फिल्मका निर्माता, निर्देशक, कलाकारको साथमा रिलिज मिति समेत लेखेका छन् । निर्माण युनिटले फिल्मको केही पोष्टर फष्टलुकको रूपमा शुक्रवार सार्वजनिक गरेको थियो । पोष्टरमा अभिनेत्री शिल्पा मास्के बोल्ड लुक्समा देखिएकी छन् ।

निर्माण युनिटले फिल्मको ४ फरक फरक पोस्टर बाहिर ल्याएको हो । पोस्टरमा शिल्पाको अलवा फिल्मका मुख्य कलाकार कोसिस क्षेत्री, गौरव विष्ट देखिएका छन् ।

फिल्म आगामी असार १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । फिल्ममा कोसिस, शिल्पा र गौरवको अलवा अलिसा क्षेत्री, आशान्त शर्माको मुख्य भूमिका छ ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको फिल्म काठमाडौँ र मुस्ताङमा छायाङ्कन भएको हो । फिल्मका निर्देशक सुरज पाण्डे हुन् ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । नेपालीसँगै हिन्दीमा पनि रिलिज हुने फिल्मको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ ।

नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको यो दोस्रो नेपाली फिल्म हो । यस अगाडि फिल्म ‘प्रेम गीत ३’ नेपाल र भारतमा एकसाथ रिलिज भएको थियो ।

प्रकाशित मिति: May 7, 2023

प्रतिक्रिया दिनुहोस्