Logo
८ माघ २०८१, मंगलबार
(May 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ करोड १५ लाखको स्रोत नखुलेपछि यातायातका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय सुकेधाराका उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भट्टराईले सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मसान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार उपसचिव भट्टराईको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराई र आमा इन्दिरा भट्टराईको नाममा राखिएको सम्पत्ति जफत गर्न माग गरिएको छ ।

प्रकाशित मिति: May 3, 2023

प्रतिक्रिया दिनुहोस्