Logo
९ आश्विन २०८१, बुधबार
(May 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुगल-सिन्धु उत्थान समाजको आयोजना र ह्याम्स अस्पतालद्वारा सिन्धुपाल्चोकमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन

यस जुगल-सिन्धु उत्थान समाजको आयोजना र ह्याम्स अस्पतालको सहयोगमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगडी नगरपालिका अन्तर्गत वडा नं २ र ३ मा पर्ने गाउँका बासिन्दाहरुका लागि विशेषज्ञ चिकित्सकहरुद्वारा साकिने, देवी डाँडा स्थित कालिकादेवी माध्यमिक विद्यालयमा मिति २०८० बैशाख १६ गते शनिवार एकदिने निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन भयो । उक्त शिविरमा उपस्थित २७३ जना महिला तथा पुरुषहरुले महिला तथा प्रसूति रोग, नाक, कान, घाँटीरोग र फिजिसियन विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण गरी निस्शुल्क औषधि वितरण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा जुगल सिन्धु-उत्थान समाजका अध्यक्ष पूर्वउपरथी डा. पूर्णबहादुर सिलवालबाट ह्याम्स अस्पतालका डाक्टर तथा नर्सहरु, स्वयंव सेवक तथा स्वयंसेवीकाहरु, विद्यालय व्यबस्थापन समिति र वडाअध्यक्षहरुलाई स्वास्थ्य शिविर सञ्चालन गर्न दिएको योगदानको कदर स्वरुप प्रशंसापत्रद्वारा सम्मान गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष डा. सिलवालले संस्थाको उद्देश्य र भावी कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । त्यसैगरी, नं. २ वडा अध्यक्ष श्री सुदीप श्रेष्ठले आफ्नो वडामा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरी जनताको सेवा गरेकोमा जुगल-सिन्धु उत्थान समाज सिन्धुपाल्चोक र ह्याम्स अस्पताल, काठमाण्डौँको टीमलाई धन्यवाद दिनुभएको थियो ।

सिन्धु-उत्थान उत्थान समाज सिन्धुपाल्चोक जिल्लालाई कार्यक्षेत्र बनाई समाज सेवाका विविध क्षेत्रमा योगदान दिने उद्देश्यले २०७९ कार्तिकमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता भई स्थापना भएको र समाज कल्याण परिषbद्मा आवद्धता प्राप्त गरेको गैर(नाफामूलक (ल्यल(उचयाष्त), गैर राजनीतिक र गैर सरकारी सामाजिक संस्था भएको व्यहोरा सहर्ष जानकारी गराउँदछौँ ।

प्रकाशित मिति: May 2, 2023

प्रतिक्रिया दिनुहोस्