Logo
९ आश्विन २०८१, बुधबार
(May 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ वर्षपछि तातोपानी नाकाबाट नेपाली सामान निर्यात

सिन्धुपाल्चोककाे तातोपानी नाका साेमबारदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । आठ वर्षपछि तातोपानी नाका सञ्चालनमा आएकाे हाे । पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप साेमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो ।

साेमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीन तर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए ।

गत महिना नेपाली र चिनियाँ अधिकारीहरूबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएअनुसार साेमबारदेखि नेपाल र चीन दुबैतर्फबाट आयात निर्यात खुला भएको हो ।

प्रकाशित मिति: May 1, 2023

प्रतिक्रिया दिनुहोस्