Logo
९ आश्विन २०८१, बुधबार
(April 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महावीर पुनले विभिन्न माग राखेर सडकमा (फोटो फिचर)

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभिन्न माग राखेर आन्दोलन सुरु गरेका छन् ।

कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनलाई युवाहरुले साथ दिएका छन् ।

बिहीबार नै सामाजिक सञ्जालमा आन्दोलनका नारा सार्वजनिक गरेका पुनले शुक्रबार आफ्ना समर्थकसहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको पुनको आरोप छ । नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्नुपर्ने माग गरेका पुनले यसअघि प्रधानमन्त्रीसहितको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: Apr 28, 2023

प्रतिक्रिया दिनुहोस्