Logo
९ आश्विन २०८१, बुधबार
(April 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रपति वाइडेनद्वारा पुनः चुनाव उठने घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यसअघि डोनाल्ड टम्पलाई पराजित गर्दै अमेरिकाका राष्ट्रपति भएका वाइडेन पुनः दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै राष्ट्रपति वाइडेनले जारी गरेको भिडियो सन्देशमा आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षा र व्यक्तिगत स्वतन्त्रताका लागि हुने बताएका छन् । चार वर्षअघि चुनाव लड्दा आफूले अमेरिकी आत्मा जोगाउन लागि परेको जनाउँदै वाइडेनले अझै पनि पनि सो लडाइँ जारी रहेकाले आफू पुनः नेतृत्वमा आउन चाहेको बताएका छन् ।

उनका अनुसार दोस्रो कार्याकालमा सो कामले पूर्णता पाउने उनको भिडियो सन्देशमा उल्लेख छ । आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। गत राष्ट्रपति निर्वाचनमा उनी वाइडेनसँग पराजित भएका थिए ।

आ–आफनो पार्टीबाट मनोनयन जित्न सकेमा २०२४ को नोभेम्बरमा हुन निर्वाचनमा दोस्रो पटक बाइडेन र ट्रम्प बीच पुनः प्रतिस्पर्धा हुनेछ । दोस्रो पटक पुनः प्रतिस्पर्धामा उत्रन लागेका ८० वर्षीय बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् ।

प्रकाशित मिति: Apr 26, 2023

प्रतिक्रिया दिनुहोस्