Logo
९ आश्विन २०८१, बुधबार
(April 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशको व्यवस्था सुध्रियो तर नागरिकको अवस्था सुध्रिएन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका लागि अहिलेसम्म कैयौँ व्यक्तिले जीवनको आहुति दिएको स्मरण गरेका छन् ।

लोकतन्त्र दिवसका अवसरमा सोमबार फेसबुक स्ट्याटसमार्फत उनले व्यवस्था सुध्रिएको तर नागरिकको अवस्था सुध्रिन नसकेको समेत उल्लेख गरेका छन् ।

लोकतन्त्र दिवसले अक्षम राजनीतिकर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् भन्ने कामना उनले गरेका छन् । देश अब युवाले हाँक्ने उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘यो देशलाई यो विन्दुसम्म ल्याउन कैयौँले जीवनको आहुति दिएका छन् । वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा कहिलेकाहीँ सोच्छु- ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन ? अहिलेको देश देख्दा लाग्छ–हामी दशकौँ पहिले जहाँ थियौँ, अहिले पनि त्यहीँ छौँ । व्यवस्था त सुध्रियो, नागरिकको अवस्था सुध्रिएन । यो लोकतन्त्र दिवसले ती तमाम अक्षम राजनीतिकर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन् ।’

प्रकाशित मिति: Apr 24, 2023

प्रतिक्रिया दिनुहोस्