Logo
९ आश्विन २०८१, बुधबार
(April 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनहुँ १ उपनिर्वाचन : गोविन्दले ५ हजार मत कटाउँदा स्वर्णिमले कटाए १० हजार मत

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता कायमै राखेका छन् ।

गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १०ः१५ बजेसम्म १८ हजार ६६१ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ७९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

प्रकाशित मिति: Apr 24, 2023

प्रतिक्रिया दिनुहोस्