Logo
९ आश्विन २०८१, बुधबार
(April 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अघिल्लो पटकभन्दा राम्रो नतिजा आउनेमा आशावादी छु : रवि लामिछाने

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रवि लामिछानेले अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।

उपनिर्वाचनका क्रममा चितवनका विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मतदातामा आशा र उत्साह देखिएको भन्दै आफूमा पनि उत्साह बढेको बताएका हुन् ।

‘बिहानदेखि उत्साह देखिएको छ । त्यसलाई मैले सकारात्मक रूपले लिएको छु । यद्यपि मतदाता कति उपस्थित हुनुहुन्छ थाहा छैन तर पनि नतिजा सकारात्मक हुन्छ भन्नेमा विश्वस्त छु’, लामिछानेले सचेत नागरिकले आफ्नो विवेक प्रयोग गर्नेछन् भन्नेमा ढुक्क रहेको पनि बताए ।

प्रकाशित मिति: Apr 23, 2023

प्रतिक्रिया दिनुहोस्