Logo
९ आश्विन २०८१, बुधबार
(April 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपनिर्वाचनमा चितवनका जनताले आवेग होइन विवेक प्रयोग गर्नुहुन्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चितवन–२ को उपनिर्वाचनमा जनताले आवेगमा नभई विवेकले प्रयोग गरेर मतदान गर्ने बताएका छन् ।

बुधवार चितवनको चुनावी सभामा बोल्दै नेता सिंहले कांग्रेसका जितनारायण श्रेष्ठको विजयी हुँदा लोकतन्त्रवादीको जित हुने बताए । ‘यो उप–चुनाव मात्रै होइन । प्राप्त उपलब्धिको रक्षा गर्ने कि नगर्ने सवाल पनि छ ? त्यसैले गठबन्धनका साझा उम्मेदवारको जित भनेको लोकतन्त्रवादीहरू को जित हुने छ,’ उनले भने ।

चितवनवासीले यस पटक सधैँ सुख–दुःखमा सबैको घर आँगनमा सजिलै भेटिने उम्मेदवारका पक्षमा मतदान गर्न उनले बताए । नेता सिंहले गठबन्धनको साझा उम्मेदवार श्रेष्ठ सबैका लागि सर्वस्वीकार्य उम्मेदवार रहेको बताए ।

उनले भने, ‘चितवनको विकास र संवृद्धिका लागि यस पटक जितनारायणलाई जिताउन म अपिल गर्छु । अहिले संविधान र व्यवस्थाप्रति समेत प्रश्न चिन्ह खडा भएकाले कार्यकर्ताले जिम्मेवार राजनीति दलकाप्रति विश्वास गर्न मेरो आग्रह छ ।’

यस्तै नागरिकमा देखिएको निराशाका बीचमा आशा जगाउँदै जनजीवन सहज गराउन सरकार लाग्नुपर्ने सिंहको भनाइ छ । पहिलेका कुरा बिर्सिएर गठबन्धनका साझा उम्मेदवार पक्षमा मत माग्न घरघर पुग्न सबै नेता कार्यकर्तालाई नेता सिंहले आग्रह गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले चर्का कुरा गर्ने भन्दा चितवनका जनताको माझमा परिचित उम्मेदवारलाई जिताउन आग्रह गरे । उम्मेदवार श्रेष्ठ आफू जनताको सुख दुःखमा सधैँ रहने भन्दै भ्रष्टाचारका विरुद्धमा लड्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: Apr 19, 2023

प्रतिक्रिया दिनुहोस्