Logo
९ आश्विन २०८१, बुधबार
(April 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसीसी प्रिमियर कपमा मलेसियामाथि नेपालको जित

एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित हात पारेको छ । टीयू क्रिकेट मैदानमा आजदेखि सुरु भएको खेलमा नेपालले विजयी सुरुवात गरेको हो ।

सुरुवाती फिल्डिङ गरेको नेपालले मलेसियालाई ६ विकेटले हराउने क्रममा सन्दीप लामिछाने र सोमपाल कामीले सामान ३–३ विकेट लिए । यस्तै, ललित राजवंशीले २ विकेट लिँदा गुल्शान झाले १ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको नेपालले ८२ खेल बाँकी रहँदै मलेसियामाथि ६ विकेटको शानदार जित हात पारेको हो । यसक्रममा मध्यक्रममा ब्याट्सम्यान कुशल मल्लले विस्फोटक ब्याटिङ गरे । उनले ४० बलमा ५ छक्का र ५ चौकाको मद्दतमा ७० रन बनाए । यस्तै, भीम सार्कीले ९८ बल खेल्दै समान ७० रन बनाए ।

सुरुवाती ब्याटिङमा आएका आसिफ खानले ३ बल खेल्दै १ रन बनाएर पेभेलियन फर्किएपछि नेपाली टोली दबाबमा परेको थियो । तर, ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३१ बलमा ३८ रन बनाउँदै नेपाललाई लय दिलाएका थिए । यस्तै, नेपाललाई शानदार जित दिलाउने क्रममा कप्तान रोहित पौडेलले ४२ र दिपेन्द्रसिंह ऐरीले ५ रन बनाए ।

टीयू र मुलपानी क्रिकेट रङ्गशालामा हुने यो प्रतियोगिता जितेमा नेपालले एसिया कप खेल्न पाउनेछ ।

 

प्रकाशित मिति: Apr 18, 2023

प्रतिक्रिया दिनुहोस्