Logo
९ आश्विन २०८१, बुधबार
(April 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री प्रचण्ड फास्ट्रयाक अनुगमनका लागि निजगढ प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाराको निजगढमा रहेको फास्ट्रयाक अनुगमन गर्ने भएका छन् ।

आज बिहानै तराई मधेससँगै काठमाडौँलाई जोड्ने ७६ किलोमिटर दुरीको महत्त्वपूर्ण मार्गको अनुगमन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन् ।

प्रधानमन्त्री फास्ट्रयाक निर्माणको अवस्थाको विषयमा अवलोकन गर्न गएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले बताए । ‘फास्ट्रयाकको अनुगमनमा जानु भएको छ । त्यहाँको कामको अवस्था के कस्तो छ भन्ने विषयमा अवलोकन गर्नु हुने छ’ तिमिल्सेनाले भने । प्रचण्ड आजै काठमाडौँ फर्कने कार्यतालिका छ ।

 

प्रकाशित मिति: Apr 18, 2023

प्रतिक्रिया दिनुहोस्