Logo
१० आश्विन २०८१, बिहीबार
(April 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचारीलाई कठालो समातेर जनताको माझमा पुर्‍याउने क्षमता छ : सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको मुखैमा अडियो सार्वजनिक गर्नु शङ्कास्पद भएको बताएका छन् ।

उनले उपनिर्वाचनको मुखैमा आफ्ना पार्टीका सांसदको पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि समेत व्यक्त गरे ।

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ मागेको र उनीहरुलाई उक्त २ करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग सहयोग मागेको अडियो सार्वजनिक भएको थियो ।

चितवनमा भएको चुनावी कार्यक्रममा लामिछानेले भने, ‘यति बेला अडियो किन ल्याइयो ? अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो दलमा चलन छैन । निर्वाचन आयोग, अदालतबाट नसकेपछि चुनावकै मुखमा यस्ता कुरा आउनुलाई मैले अन्यथा लिएको छैन । पार्टीमा रहेर भ्रष्टाचार गर्नेलाई कठालो समातेर जनताको माझमा पुर्‍याउने क्षमता मसँग छ । जसले गल्ती गरे पनि कारबाही गर्ने सक्ने छाती लिएर हिँडेको छु । मेरै वरपर लागेका मान्छेलाई आरोप लागेको छ । अख्तियारमा म आजै निवेदन दिन्छु । कसको के छ, विगतमा थाहा थिएन, आउन सक्ला । आएको खण्डमा कारबाही गर्दै अघि जाने हो । अरु पनि केही छन् भने अहिले नै आउनु, चुनावकै अघिल्लो दिन आउन् । चुनावकै दिन आउन् ।’

प्रकाशित मिति: Apr 10, 2023

प्रतिक्रिया दिनुहोस्