Logo
१० आश्विन २०८१, बिहीबार
(April 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेश : एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । सरकारबाट बाहिरिएसँगै सोमबार पार्टीको कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका थिए । यसअघि १० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो । यस्तै १७ चैत्रमा दोस्रोपटक पनि एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको थियो ।

चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले पार्टी सरकारबाट अलग भएको एमाले नेताहरुको भनाई छ । प्रदेशमा एमालेका सभामुखसहित १० सांसद छन् । यो सँगै मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ ।

प्रकाशित मिति: Apr 10, 2023

प्रतिक्रिया दिनुहोस्