Logo
१० आश्विन २०८१, बिहीबार
(April 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालेनसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री प्रचण्डलाई गगनको आग्रह

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले मेयर बालेनले संघीय सरकारप्रति असहमति व्यक्त गर्दै सिंहदरवारको फोहोर नउठाउन निर्देशन दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई मेरो आग्रह छ, काठमाडौँ महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस् ।’

प्रकाशित मिति: Apr 10, 2023

प्रतिक्रिया दिनुहोस्